कास्की समाज अस्ट्रेलियाको अपिल

कास्की समाज अस्ट्रेलियाले आज एक विज्ञप्तिमार्फत अस्ट्रेलिया बासि आम नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुलाई सम्बोधन गर्दै एक महत्वपुर्ण सूचना जारी गरको छ |

सो समाजका अधक्ष्य टिका भुर्तेल र सचिव विमल न्यौपानेको हस्ताक्षरसहितको विज्ञप्तिमा भनिएको छ: “आज सारा विश्व कोरोना (COVID-19) भाईरस र यसले पारेको राष्ट्रिय तथा अन्तराष्ट्रिय असरबाट आतंकित छ। पछिल्लो समय यसले अस्ट्रेलियाको अर्थव्यवस्था र विभिन्न क्षेत्र (होटल, रेस्टोरेन्ट, रिटेल व्यवसाय) आदीको क्षेत्रमा काम गर्दै आएका तपाई हामी नेपाली दाजुभाइ दिदीवहिनीहरू, कतिपय यसको प्रत्यक्ष मारमापरि आफ्नो रोजगारि गुमाउन पुगेको र खान बस्न मात्र समेत अप्ठेरो परिस्थिति आइपरेको यो विकराल अवस्थामा, हामी माझ र हाम्रो सम्पर्कमा कोहि हुनुहुन्छ भने कुपया आफ्नो/ऊहांहरूको पुरा विवरण सहित हामीलाई सम्पर्क गर्नुहुन आग्रह गर्दछौ । यस्तो दुखद घडिमा अप्ठेरोमा परेकालाई सहयोग गर्नु तपाई हाम्रो मानवीय धर्म हो। यसरी सम्पर्कमा आउनुहुनेलाई हामी हाम्रो संस्थागत तर्फबाट पनि पहल गरिने कुरा जानकारी गराउन चाहन्छौ।“

सो विज्ञप्तिमा उल्लेख भएअनुसार, सम्पर्कको लागि इमेल: Kaskisamajau@gmail.com तथा टेलिफोन नम्बरहरु 0432673860, 0416736448, 0468839959 (ब्रिसबेन) मा सम्पर्क गर्न भनिएको छ |

Be the first to comment on "कास्की समाज अस्ट्रेलियाको अपिल"

Leave a comment

Your email address will not be published.


*