February 17, 2021

निम–जी इलेक्ट्रिक अटो

हिमालयन अर्गनाईजेसन अन्तर्गत हिमालयन मोटोराडले ७५ पैसा प्रति किलोमिटर खर्चमा चलाउन सकिने तीन पाङ्ग्रे इलेक्ट्रीक रिक्सा नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको उक्त इलेक्ट्रीक रिक्सा भारतको करेला अटोमोवाइल लिमिटेडले उत्पादन गरेको हो। राजधानीमा एक कार्यक्रम आयोजनागरि कम्पनीले उक्त इलेक्ट्रीक रिक्साको आधिकारीक विक्री आइतबार देखि सुरु गरेको छ। भारतीय केरला प्रदेश सरकारको लागनी रहेको केरल अटोमोवाइलले उत्पादन गरेको निम–जी इलेक्ट्रीक रिक्सामा लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ।