समुन्द्रमा डुबेर नेपाली बिद्यार्थी को मृत्यु।।।

पोखरा -२२ फाल्गुन २०७६।

अस्ट्रेलियाको कुइन्स्ल्याण्ड राज्यको ब्रिस्बन सहरभन्दा ३० किमि दक्सिन-पूर्वी तटीय क्षेत्रको इसत्रादब्रोक आइलन्डमा साथीहरसंग पौडी खेल्ने क्रममा एक नेपाली बिद्यार्थी वर्ष २०का अंकित श्रेष्ठको समुन्द्रको छालले बगाएर हिजो साँझ ज्यान गएको छ। पौडिने मध्ये अरु ३ जना चाही बाच्न सफल भएको र घटना भएको जानकारी पाएको ५ मिनटमानै उद्दार टोलि आएर सव निकाल्न सफल भएको मृतकका अर्का साथी भिवन खत्रीले जानकारी दिए। मृतक ६ महिना अगि मात्र कुइन्स्ल्याण्डको फेडेरेशन यूनिभर्सिटीमा अध्यनको सिलसिलामा अस्ट्रेलिया आएका थिए।


मृतक को शव आज साँझसम्म ब्रिसबेन ल्याइने र तुरुन्तै चाडो भन्दा चाडो नेपाल पठाउनको लागि आवास्यक कदम चालिने र यसको लागि कम्तिमा ८-१० दिन सम्म लग्न सक्ने कुराको जानकारी एन.आर.एन.ए कुइन्स्ल्याण्डका संयोजक उमेश खड्का ले जानकारी दिए।


कास्की जिल्ला रुपा गाउपलिका स्थाई घर भई हाल काठमाडौँमा डेरा गरेर बस्ने निम्न मध्यम बर्गीय परिवारका मृतक बाबु बुद्धि श्रेष्ठको र माता दुर्गा श्रेष्ठको एकमात्र सन्तान हुन। घटना बारे थाहा पाएपछि ब्रिस्बन इस्थित कास्की समाज अस्ट्रेलियाका सचिब बिमल न्यौपानेसंग सम्पर्क गरेको र मृतकको सव चाडो भन्दा चाडो नेपाल पुरयाउन अस्ट्रेलियाका सबै सामाजिक संग सस्थाहरु संग अनुरोध गरेको कुरा मृतकका भिनाजु पोखरा-६ निवासी राजन श्रेष्ठले के छ खबर डट कमलाई जानकारी गराए।

Be the first to comment on "समुन्द्रमा डुबेर नेपाली बिद्यार्थी को मृत्यु।।।"

Leave a comment

Your email address will not be published.


*