पोखरा फाल्गुन -२१, २०७६
चीनमा मेकेनिकल ईन्जिनियरिङ्गमा बिध्यवारिदी उत्रिन गरेको युवा मान्छेको योजना के हुनसक्छ ? भरसक राम्रो कम्पनीमा जागीर खाने वा प्राध्यापक बन्ने वा बिदेशमै स्थाई रुपले जिन्दगी बसोबास गर्ने। तर पोखरा-८, कास्किका, डा. ई . दुर्गा बस्ताकोटी अफ्नो श्रीमती सहित घर फर्केर आफ्नै स्कूलका सहपाठी अर्का दुई इन्जिनियरहरू बिमल न्यौपाने (सिभील), अशोक पौडेल (कम्प्यूटर) संगमिलेर पोखराको शिवालय चोकमा अवास्थित, एक फरक उदेश्य बोकेको म्याजिकक्यूब इन्जीनियरिंग शोलुशन्स एण्ड कन्सल्टेसी प्राइभेट लिमिटेड नामक ईन्जिनियरिंग सेवाप्रदायक परामर्शसंगै प्राबिधिक समस्या समाधान कम्पनी सञ्चालनमा ल्याएका छन् |
जसमध्य ई. बिमल न्यौपाने हाल ऑस्ट्रेलिया र ई. अशोकपौडेल हाल काठमान्डौमा एउटा निजी बिदेशी कम्पनीमा कर्यरत छन् | अहिले उक्त कम्पनीको संचलक र सी. ई. ओ. को जिम्मा उनी अफैले समाहलेकाछन्, संगसंगै पोखरा विश्वविध्यालय र पश्चिमांचल इन्जिनीयरिङ्ग क्याम्पसमा आध्यापनको काम पनि गर्छन। तपाईहरुले यो कम्पनी खल्नुको प्रमुख उदेश्य चाहिके हो भन्ने प्रश्नमा उनि भन्छन्: देश, बिदेशमा अर्जित उच्चप्राबिधिक शिक्षालाइ अफ्नोमाटो र समाज सुहाउदो तबरले सर्वशुलभ र उच्च ब्यबसायिक तरिकाले सेवा प्रधान गर्ने नै हो जुन आजको बजार को मुख्य चुनौति पनि हो, उनि भन्छन् |
पोखरामा सम्भवत पहिलो पटक एउटै छानामुनि ईन्जिनियरिंगका धेरै विधा जस्तै सिभील,आर्किटेक, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स, सफ्टवेरआदिसम्बन्धि सेवा ग्राहकले एउटा छाना मुनिबाट लिन सक्ने उनि सुनाउछन्| हाल उन्को कम्पनीमा ७ जना इन्टर्न प्रबिधिकहरु संगै ४ जना दक्ष इंजिनीर जनशक्ति कार्यरत छन्|
पछिल्लो समयामा बजारमा बढ्दो आवश्यकतामा रहिआएको विभिन्न समयस्याहरुलाई सफ्टवेयरको मध्यमबाट हल गर्न सकिन्छ भन्ने मान्यताका साथ यसै कम्पनीको आफ्नै मोवाईल-एप विकाश गर्ने कामहरु गर्दै आइएको उल्लेख गरे|
कालान्तरमा प्रविधिसंगे पर्यटन, उद्योग, व्यापार र बितिय क्षेत्रमा पनि बिस्तारै आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने उधेश्य रहेको कुरापनि उनि थप्दछन्। जसको निम्ति ऐले देश-बिदेशमा छरिएर रहेका आफ्ना नजिका उधेश्य मिल्ने साथी भाइहरु यो अभियानमा जोडिने क्रम भर्खरै सुरुवात स्वरूप अमेरिकामा एक सफ्टवेयर कम्पनीमा कार्यरत ई.प्रमोद भण्डारी जोडिन आउनुभएको कुरापनि जानकारी गराए। धन्यवाद।
Good job