महिन्द्राको नयाँ इलेक्ट्रिक कार केयूभी-१००

श्रोत:www.indiacarnews.com

महिन्द्राले जनवरी २०२१ बाट भारतमा विक्री सुरु गर्न लागेको विधुतीय कार केयूभी-१०० नेपालमा पनि भारतसँगै ल्याउने तयारी भइरहेको छ । महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जीका अनुसार नयाँ इलेक्ट्रीक केयूभी-१०० भारतमा सार्वजनिक भएको केहि दिनमा नै नेपालमा सार्वजनिक हुने छ ।

भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले इलेक्ट्रीक माइक्रो एसयूभी केयूभी-१०० को सबै किसिमको परिक्षण सकेर यसको विक्री वितरण सुरु गर्ने तयारी गरेको छ । कोभिड संक्रमणको कारण कम्पनीले यसको विक्री सुरु गर्ने मिति सार्दै आएको थियो ।

यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ ।

यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्नसकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ ।

इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने जनाइएको छ । यो गाडीको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ ।

यस इलेक्ट्रिक कारले दिने  अधिकतम पावर भनेको ५४ वि.पी.यच् (BPH) रहको छ ।

यसले दिने  अत्याधिक टर्क १२० एनएम रेहिको कम्पनी ले बताएको छ । KUV १०० सुरक्षा उपायहरू संगै आउछ जस्मा  रियर पार्किइंग  सेन्सर, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट सीट बेल्ट, ओभरस्पिडि अलर्ट जस्ता सुविधाहरु रहेका छन्। अहिले पछिल्लो समयमा नेपालमा अत्यधिक इलेक्ट्रिक गाडी हरु भित्री रहेका छन् । कोविड का कारणले बिक्री रोकिएका इलेक्ट्रिक गाडिहरु फेरी बिक्रीहुन सुरू भएको छ ।

सरकारले सुरुका दिनहरुमा दिदै आएको वार्षिक सडक दस्तुरपनि लाग्न सुरु भएकाले नेपालको आफ्नै उत्पादन विधुत खपत गर्ने सवारी साधनहरु प्रयोग गर्न ग्राहकहरु हिच्किचाइ रहेको अवस्था विद्यमान छ ।

लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी-१०० करिब ३५ देखि ४० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।

सरकारले विधुतीय गाडीमा लगाएको कर थोरै मात्रमानि घट्नी हो भने , नेपालमा  विधुतीय गाडी राम्रो चल्ने सम्भावना बढी देखिन्छ |

Be the first to comment on "महिन्द्राको नयाँ इलेक्ट्रिक कार केयूभी-१००"

Leave a comment

Your email address will not be published.


*