पाँच नयाँ इलेक्ट्रिक कार भारतमा प्रक्षेपण गर्ने

विधुतीय गाडीहरु इको फ्रेन्ड्ली (Eco-friendly)भएका कारणले  आहिले धेरै विधुतीय गाडीहरु उत्पादन हुन सुरु गरेका छन् | त्यस मध्ये सन् २०२१ वर्ष मा  निम्न गाडीहरु बजारमा आउदै छन् :

 १ ) टेस्ला मोडेल ३ (Tesla Model-3)

श्रोत:www.screenrant.com

लामो समय देखि प्रतिक्ष्या गरिएको टेस्ला मोडेल ३ विधुतीय सेडान अधिकारिक रुपमा आर्थिक वर्ष २०२१-२०२२ को पहिलो त्रैमासिकसम्म देशमा बिक्रि हुनेछ|  नयाँ मोडेलको बूकिंग जनुअरी २०२१ मा सुरु हुनेछ | यो मोडेल  सिङ्गल र डुवल -मोटर विकल्प मा प्राप्त छ | Entry-level Standard Range अनि Standard Range Plus RWD variants ले ४२३ किलोमिटर रेन्जअफर गर्दछ | यी मोडेलहरुले ६ सेकेन्डमा ०-१०० किलोमिटर को एसिलिरेसन प्रधान गर्दछ| यसले अफर गर्ने रेन्ज ५६८ किलोमिटर रहेको कम्पनीले जनाएको छ|

२ ) महिन्द्रा को  ekuv 100

श्रोत:blog.hamrobazaar.com

महिन्द्रा यस आर्थिक वर्षको चौमासिक अन्त्य हुनु अघि बहु-प्रतिक्षित ekuv100   मिनी SUV लन्च गर्नेछ| इलेक्ट्रिक मिनी SUV को फिचरहरु भनेको, ४० किलोवाट को इलेक्ट्रिक मोटर जस्ले 53 bhp को पावर र 120 NM टर्क (torque) उत्पादन गर्छ | यस मिनी SUV संग 15.9 kwh को लिथियम बेट्री प्याक  छ र यसले फुल चार्ज मा 120km रेन्ज अफर गर्दछ | DC फास्ट चार्जर का साथ , ekuv-100 ले १ घण्टामा ८०% चार्ज हुन्छ|

३ ) महिन्द्रा को EXUV300

dav

श्रोत: indianautosblog.com

अत्याधिक प्रतिक्षा  गरीएको XUV300 इलेक्ट्रिक गाडी २०२१ को अन्त्य हुनु अघि नै लन्च हुने कम्पनी ले जनाएकोछ |  यो २ ओटा मोडलमा उपलब्ध हुनेछ , ईस्टान्डर्ड (standard) र लंगरेन्ज (long range) र क्रमश: २००kw र ३५०-४०० किलोमिटरको रेन्ज अफर गर्दछ| यो ३५० V को powertrain, ६० kw देखि २८०kw को इलेक्ट्रिक मोटर रेन्ज र ब्याट्री ८०kw सम्म को क्षमतामा आउनेछ| यसको भित्री र बाहिरी देखावट रेगुलर इन्जिन,  ICE(Internal Combustion Engine), कोमोडेल भन्दा केही फरक हुनेछ|

४ ) पोर्स्चे टैकन (Porsche Taycan)

श्रोत: en.wikipedia.org

पोर्स्चे आधिकारिक रुपमा २०२१ को फर्स्ट हाल्फमै सबै इलेक्ट्रिक टैकन हरु लन्च गर्ने भनेको छ | मिसन E को कन्सेप्ट अनुसार टैकन कम्पनीको पहिलो इलेक्ट्रिक गाडी हो | यससले २ PMS(Permanent Synchronous Motor) जेनेरेट गरि ६००bhp पावर उत्पादन गर्दछ| इलेक्ट्रिक कारले एकल चार्जमा ५०० km को रेन्ज पर्दान गर्छ| यसले   ३.५ सेकेन्डमा ०-१०० kmph र १२ सेकेन्डमा  २०० kmph एसिलिरेसन प्राप्त गर्दछ| साढे १२ मिनेटमा यसले ८०% सम्म ब्याट्री चार्ज गर्न सक्छ| उच्च पावर चार्जिंग नेटवर्क प्रयोग गरेर ५ मिनेट भित्रमा १०० किलोमिटर रेन्ज गरि चार्ज गर्न सकिने कम्पनीले जनाएको  छ|

५ ) औडी इ-ट्रोन (Audi e-tron)

श्रोत: www.wsupercars.com

औडीले  पनि  आधिकारिक रुपमा २०२१ मा इ-ट्रोन इलेक्ट्रिक suv लन्च गर्ने घोषणा गरिसकेको  छ| नया इ-ट्रोनका २ मोटर्सहरु छन् , अगाडी १२५ kw को र पछाडी १४० kw को |यसको  पावरट्रेनले ४०८ bhp, ६६४ Nm torque अफर गर्दछ| पावर AWD प्रणाली मार्फत पांग्राहरुमा  पुराइन्छ | यस इलेक्ट्रिक कार २००kmph को टप स्पीड गरेर ५.५ सेकेन्डमा १००kmph एसिलिरेरेट गर्न सकिन्छ| इ-ट्रोन संग ९५ kwh ब्याट्री प्याक पनि छ जुन पुन:-निर्माण ब्रेकिंग टेक्नोलोजी (regenerative braking technology) मार्फत चार्ज गर्न सकिन्छ|

हाल सम्मको लागि  लिस्टमा भएका  ५  इलेक्ट्रिक गाडीहरु यिनै हुन्,  जुन २०२१ मा भारत मा लन्च हुदै छन् |  यी गाडीहरु भारतमा लन्च भए संगै नेपालमा पनि आवश्य आउने नै छन्|

Be the first to comment on "पाँच नयाँ इलेक्ट्रिक कार भारतमा प्रक्षेपण गर्ने"

Leave a comment

Your email address will not be published.


*