श्रोत :keralaautomobilesltd.com
हिमालयन अर्गनाईजेसन अन्तर्गत हिमालयन मोटोराडले ७५ पैसा प्रति किलोमिटर खर्चमा चलाउन सकिने तीन पाङ्ग्रे इलेक्ट्रीक रिक्सा नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको उक्त इलेक्ट्रीक रिक्सा भारतको केरला अटोमोवाइल लिमिटेडले उत्पादन गरेको हो। राजधानीमा एक कार्यक्रम आयोजनागरि कम्पनीले उक्त इलेक्ट्रीक रिक्साको आधिकारीक विक्री आइतबार देखि सुरु गरेको छ। भारतीय केरला प्रदेश सरकारको लागनी रहेको केरल अटोमोवाइलले उत्पादन गरेको निम–जी इलेक्ट्रीक रिक्सामा लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ।
हिमालयन मोटोराडले नेपालमा वार्षिक ५०० यूनिट अटो रिक्सा बिक्री गर्ने लक्ष्य लिएको छ।
कम्पनीले जर्मन टेक्नोलोजी प्रयोग भएको व्याट्री यसमा जडान गरेको छ। उक्त व्याट्रीले एक पटकको फुलचार्जमा १३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । घरायसी बिजुलीबाट यसलाई ३ घन्टा ५५ मिनेटमा फुल चार्ज गर्न सकिने छ । यसमा रहेको व्याट्रीमा कम्पनीले ३ वर्ष वा १५०० लाइफ साइकलको वारेन्टी प्रदान गरेको छ । यस्मा प्रयोग भएको व्याट्री को पावर ५.४ kw र यसको व्याट्री भने ९० Ah रहेको छ | यस्मा रहेको व्याट्रीको नोमिनल भोल्टेज ६०V रहेको छ |
यस ओटोले करिब ३१० किलो सम्मको तौल यसले धान्न सक्छ | यो रिक्सा नेपाली सडकमा सुहाउदो इलेक्ट्रिक रिक्सा हो |
यस ओटो मा प्रयोग हुने अत्यधिक पावर भनेको २.२ किलोवाट रहेको कम्पनीले जनाएको छ | निम–जी इलेक्ट्रीक रिक्साको टप स्पीड ४० देखि ४५ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसको दुबै चक्कामा हाइड्रोलिक ड्रम ब्रेक दिइएको छ र यसमा प्रयोग गरिएको पार्किंग ब्रेक भने मेकानिकल रहेको छ| यसले ३० डिग्रिसम्मको उकालोमा सहजै सेवा दिन सक्ने कम्पनीको दाबी छ ।
सरकारले लगाएको भन्सार, अन्तःशुल्क लगायतका कारको कारण भारतमा २ लाख ५० हजार मूल्य रहेको रिक्सा नेपालमा यसको मूल्य ८ लाखभन्दा माथि पर्न जान्छ |
सरकारले गरिबले चलाउने र गरिबले नै प्रयोग गर्ने रिक्सामा लगाएको करले नेपालमा विद्युतीय सवारी साधन प्रबर्धन कठिन देखिएको छ | खासमा भन्नु पर्दा सरकारले यस्ता सवारी साधनमा लाग्ने करका दर घटाउन सके यसले विधुतीय गाडीको प्रयोग बढाउन सकिन्छ ।
यो नै थियो प्रति किलोमिटर ७५ पैसा मात्र संचालन खर्च हुने रिक्सा |
Be the first to comment on "निम–जी इलेक्ट्रिक अटो"