नयाँ प्रविधि को प्रिफेब्रिकेटेड घर

नेपालमा हालसालै आएको नयाँ प्रविधि प्रि-फ्याब घरका के के छन् त विशेषता, सम्पूर्ण जानकारी यस लेखमा पाउनुहोस्।

प्रिफेब्रिकेटेड घर भनेको के हो ?

प्रिफेब्रिकेटेड घरहरू, प्राय: जसो प्रिफेब घरहरू वा साधारण रूपमा प्रिफेबहरू भनेर चिनिन्छन्, जुन अग्रिम रूपमा अफ-साइट निर्माण गरिन्छ, सामान्य रुपमा जुन सजिलै पठाउन र
फिस्क गर्न सकिन्छ | यसलाई सरल भाषामा भन्नु पर्दा पहिले कतै फ्याब्रिकेशन भएको पार्ट-पुर्जा  ल्याएर घरमा जोड्ने हो | यसमा कुनै पनि बालुवा, गिट्टी र ढलान गर्ने जस्तो कामहरु हुदैन |

प्रिफ्याबको  एतिहास  भनेको एउटा लन्डन बेस्ड कारपेंटर “ हेनरी  मन्निंग “ ले कम्पोनेंट्सहरु प्रयोग गरेर घर बनाएका थिए त्यसपछि त्यो बेलाएती आप्रबासीहरुले लगेर जोड्ने गरेका थिए | यस्ता प्रोटेब्ल बिल्डिंगहरु अस्ट्रेलियामा सन् १८५३ बाट पर्ख्यात हुदै आएका छन् , जुन एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान पनि सकिन्छ।

के के छन् त प्रिफ्याब घरहरु बनाउदाका  फाइदाहरु ?

  प्रिफ्याब  घर बनाउन खासै धेरै समय लाग्दैन | यस्ता घरहरु ९ महिना भित्र नै सम्पन्न हुन्छन् | यस घरहरु प्राय टिकाउ हुन्छन्, यदी कहि भैहाल्ए पनि कम मात्रामा संरचनाको क्षति हुन्छन् |

परम्परागत स्टिक-बिल्ट स्ट्रक्चर घरहरू भन्दा प्रिफ्याब स्ट्रक्चर्स हरुले मौसमको अत्याधिक अवस्थमा पनी होल्ड गर्न सक्छन्।

प्रिफ्याबलाई फेरी रेमोडेलिंग गर्न निकै सजिलो हुन्छ | यस घरहरु सुबिधाजनक , कम ऊर्जा खपत गर्ने र सस्तो  हुन्छन्।

हामीले बनाई राखेका आरसीसी बिल्डिंग (RCC-Building)  र प्रिफ्याबमा के के भिन्नता छ त?

कुनै पनि  पूर्वनिर्मित संरचनाहरू बनाउन हप्ता वा थोरै दिन लाग्छ भने आरसीसी निर्माण पूरा गर्न  एक महिना भन्दा बडी लाग्छ।

आरसीसी संरचना बनाउन  धैरै लागानी लाग्छ  जबाकी द्रु  पूर्वनिर्मित संरचना बनाउन  त्यति धैरै पैसा भने लाग्दैन ।

डिजाइनमा पाईने लचकताका कारण  पूर्वनिर्मित निर्माणमा आफ्नो आवश्यकताहरू अनुसार  घरलाई विस्तार गर्न मिल्छ  तर आरसीसी  संरचनामा भने  विस्तार गर्न मिल्दैन । आर सी सी घरहरू बनाउन जनशक्ति धेरै चाहिन्छ तर प्रि-फ्याब, पूर्व निर्मित,  घरहरुको  लागी
कम्पोनेन्टहरू पहिले नै तयार  हुने भएकाले धेरै  जनशक्ति को खाचो हुदैन |

 



Be the first to comment on "नयाँ प्रविधि को प्रिफेब्रिकेटेड घर"

Leave a comment

Your email address will not be published.


*