एप्पलको इलेक्ट्रिक कार

श्रोत : medium.com

विश्व चर्चित मोवाइल तथा विधुतीय सामाग्री उत्पादक कम्पनी एप्पलले बजारमा ल्याउने घोषणा गरेको कार चढ्न ग्राहकले अझै कुर्नु पर्ने भएको छ ।

कम्पनीले आफ्नो पहिलो विद्युतीय कार सन् २०२४ मात्रै बजारमा ल्याउने जानकारी दिएको छ ।

कम्पनीले ल्याउने पहिलो कार चालक रहित आफैँ गुड्न सक्ने हुने छ ।

यसको लागि एप्पलले आफ्नै व्याट्री बनाइरहेको छ । एप्पलले बनाउने कारको व्याट्री सस्तो मात्र होइन धेरै किलोमिटर रेञ्ज दिनेगरि बनिरहेको विभिन्न रिपोर्टहरुले दाबी गरेका छन्।

कम्पनीले एप्पल कारको योजना सन् २०१४ मा नै अगाडि ल्याएको थियो । तर, यसको डिजाइन लगायतका विषयमा सन् २०१७ मा आधिकारीक जानकारी गराएको थियो । अब भने कम्पनीले यसको प्रोटोटाइप बनाइरहेको विषय बाहिर आएको छ ।

कम्पनीले सन् २०२१ सेप्टेम्बरमा यसको प्रोटोटाइपको ग्लोवल प्रिमियर गर्ने तयारी गरिरहेको छ ।

प्रोटोटाइपको परिक्षणपछि मात्रै यसको उत्पादन मोडलमा काम हुने छ । त्यसैले कम्पनीले सन् २०२४ लाई संभावित मिति भनेको हो।

समग्रमा बल्याक फिनिस लुक (black finish looks) दिएको यस गाडी अतिनै सुन्दर देखिएको छ तर कुनै पनि रिपोर्टमा एप्पलले आफ्नो सेल्फ  ड्राईभिंग कार , अन्य  रङ्गमा आउछ कि आउदैन भनेर खुलाको छैन |

२०२४ मा बजारमा ल्याउने भनिएको उक्त कार को नाम “Titan” दिएको छ|

पछिल्ला धेरै वर्षहरूमा आन्तरिक कलह, नेतृत्वका मुद्दाहरू र अन्य समस्याहरूले कार प्रोजेक्टमा असर परेको थियो र ति समस्याहरुलाई  पारगर्दै एप्पलले अझै पनि  कन्जुमर – फेचिंग  कार को बारेमा योजना गर्दै आएको छ|

Be the first to comment on "एप्पलको इलेक्ट्रिक कार"

Leave a comment

Your email address will not be published.


*